ओलीलाई बाटो छोडेर हामी ‘पलायन’ हुँदैनौं : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने बताएका छन् । शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबारको आमहड्ताल केपी ओलीको स्वेच्छाचारी र संविधानविरोधी कदमका विरुद्ध आकस्मिक ढंगले गर्नुपरेको भन्दै ओली कदमविरुद्धको संघर्षबाट कोहीपनि नेता पलायन नहुने बताएका हुन् ।

‘हामी संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा छौँ। यो बाटो छोडेर हामी कोही पनि नेता पलायन हुने छैनौ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले ओलीले प्रतिनिधि सभा भंग गर्दै राज्यसत्तालाई क्याप्चर गर्न खोजेको भन्दै पछिल्लो पटक भूमि आयोग र संवैधानिक आयोगहरुमा नियुक्तिहरु गरेर लगातार संविधानमाथि आक्रमण गरेको बताए ।

प्रचण्डले अहिले जारी संघर्ष ओली र प्रचण्डबीचको वा नेकपा भित्रको मात्रै लडाई नभएर लोकतन्त्रको रक्षाका लागि काँग्रेस जसपा लगायतका दलहरु पनि सडकमा आएको बताए । उनले जनतालाई विश्वासमा लिएर अघि बढ्ने भन्दै जनताको समर्थन बढ्दै गएकाले सफलता मिल्ने आत्मविस्वास रहेको बताए । उनले संघीयताप्रति वितृष्ण फैलाउने गरी सरकारले काम गरेको भन्दै ओली संघीयताको पक्षमा नरहेको टिप्पणी गरे ।

उनले ओलीले बजेट, ऐन लगायतमा ओलीले संघीयताविपरित काम गर्दै भाँचकुच पार्ने काम गरेको बताए । ‘अहिले संघीयता बाधक होइन, तर नेतृत्व नै यसको विरुद्ध भएकाले बद्नाम गर्न खोजियो’अध्यक्ष प्रचण्डको भनाइ छ । केपी ओलीले अनुशासनहिन काम गरेकाले उनलाई हटाएर विधानअनुसार माधव नेपाललाई अध्यक्ष चयन गरिएको प्रचण्डले बताए ।

माधव नेपाललाई अध्यक्ष बन्न हतारो गर्यो भन्ने बुझाइ गलत हो । महाधिवेसनसम्म दुई अध्यक्ष भनिएको हो । केपी र प्रचण्ड भनिएको होइन, त्यसमा जो पनि अध्यक्ष बन्न सक्छ’ ,उनले भने । उनले ओलीले आफू एकनम्बर अध्यक्ष भन्दै हिँडेको आरोप पनि लगाए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nineteen − = 16