चर्चित गायिका रेखा जोशीले पाईन जिन्दगीको पहिलो उत्कृष्ट मौलिक गीत अवार्ड

काठमाडौं । गायिका रेखा जोशीले उत्कृष्ट मौलिक गीत अवार्ड पाएकी छिन । नुवाकोटमा सम्पन्न दोस्रो नाटेश्वर म्युजिक अवार्डमा उनले ‘लै लै’ देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन् ।उनले सामाजिक संजाल फेसबुकमा ६ बर्ष गित गाएको मेहेनत मेरो पहिलो अवार्ड भनेर लेखेकी छिन ।

पहिलो अवार्ड पाउदा रेखा निकै खुसी देखिएकी छन । उनले फेसबुकमा लेखेकी छिन:‘नुवाकोटमा ‘लै लै’ देउडा गितबाट उत्कृष्ट मौलिक गित गायिकाको अवार्ड पाउन सफल भएकि छु । हजुरहरुको साथ सपोर्टले थप उर्जा मिलेको छ । विशेष गरेर यो गितका गायक टंक तिमिल्सिना, सर्जक हर्क साउँद, मोडेल अभिषेक खड्का र सोनिका रोकाया लाई सम्झिदै गितको अडियो भिडियो सम्पुर्ण टिम लाई धन्यवाद । साथै नाटेस्वर म्युजिक अवार्ड आयोजक टिम लाई पनि धेरै धेरै धन्यबाद ।’

कञ्चनपुरको भीमदत्तनगरपालिका हल्दुखा ७ निवासी जोशी पछिल्लो समय आफूलाइ सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल सावित गराउँदै आएकी छन ।

उनले ६ बर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिईसकेकी छिन ।
जोशीले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलो पटक स्वर दिएकी थिईन । जुन गतिले निकै चच्र्चा कमाएको थियो । यस्तै थुप्रै अवार्डहरु हातमा परिरहुन नेपाल ट्रेण्डिङको तर्फबाट धेरैधेरै शुभकामना ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =