सपनाको गोप्य तस्विरहरु निकालेर देखाइदिम भन्दै बिनय रिसाउँदै आए मिडियामा ( हेर्नुस भिडियो )

काठमाडौ । वेवारिसे शव ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खुलेआम युट्युवमा स्वीकार गरेका छन् ।

उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्थामा ल्याएको भन्दै अरुले नै सपनालाई उक्साएर आफु विरुद्ध बोल्न लगाएको आरोप लगाएका छन् । उनले सिमित युट्युवरहरुले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध सपनालाई बोल्न उक्साएको आरोप लगाएका छन् ।

अरुको उक्साहटमा लागेर सपना आफ्ना विरुद्ध लागे सबैलाई ठेगान लगाउने चेतावनी पनि उनले दिएका छन् । उनले सपनाको अ श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वीकार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नराम्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म र्ता क्या नहि कर्ता ? उनले चेतावनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ध्या इ दिन्छु । उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घेराबन्दी गरेर आफु विरुद्ध उक्साएको आरोप लगाएका छन् । उनले आफुलाई सपनाको वे इ ज्जत गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

सामाजिक काम गर्न अवरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छोड्दीन उनले भने । उनले आफ्ना परिवारले समेत विश्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दावी गरेका छन् । उनले आफ्नै कारणले नै सपना त्यो अवस्थामा पुगेको उनको दावी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety two − = ninety