मिडियाले मेरोबिरुद्ध भ्रमपुर्ण समाचार प्रकाशित गरे : बिजय थापा

काठमाडौं । कुनै समय डा. गोबिन्द केशीको बिरोध गर्दै अनसन बसेर चर्चामा आएका बिजय थापाले पछिल्लो समय आफ्नो नाम जोडेर बिभिन्न संञ्चार माध्यममा आएका समचारहरु झुटो भएको बताएका छन् । शनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिजयले उक्त समचारहरुको खण्डन गरेका हुन् ।

“केहि अनलाइन मिडियाहरुले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरी लाई ज्यान को तेरा उपाध्यक्ष श्रीकृष्ण गिरी लाई ज्यान मार्ने धम्कि,श्रीकृष्ण गिरी को घरमा बम प्रहार लगाएत का विभिन्न शिर्षक राखी विभिन्न समाचारहरु प्रकाशित भएको रहेछ। उक्त समाचार भित्र मेरो नामै किटेर यी र यस्ता कार्यमा बिजय थापा संलग्न भनेर लेखेको पाए । सर्वप्रथम त यी सबै तथ्यहिन समाचार र आरुपहरु म बिजय थापालाई सिध्याउन अभिप्रेरित भएर योजनाबद्द तवरमा रचिएको एउटा सुनियोजित षड्यन्त्र मात्रै हो।यस्मा कुनै सत्यता नरहेको जानकारी गराउछ। बिजय थापाले प्रेस बिज्ञप्तिमा भनेका छन् ।

साथै उनले भ्रामक अनि सुनियोजित षड्यन्त्रका साथ लेखिएको भन्दै उक्त कसुरको प्रमाण पुर्याउनुहोस म कानुनी कारबाहीका लागी कानुनी कठघारामा उभिन तयार छु भन्दै चुनौती समेत दिएका छन् ।

यस्तो छ उनको प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार दाजुभाइ,दिदिबहिनीहरु मा सर्बप्रथम त मेरो नमस्कार।आज म ठुलो अन्यायमा । परेको छु।मिति २०७७/११ /6/ गते ekantipur र online khavar लगाएतका केहि अनलाइन मिडियाहरु ले चिकित्सा शिक्षा आयोग को उपाध्यक्ष श्रीकृष्ण गिरी लाई ज्यान को तेरा उपाध्यक्ष श्रीकृष्ण गिरी लाई ज्यान मार्ने धम्कि,श्रीकृष्ण गिरी को घरमा बम प्रहार लगाएत का विभिन्न शिर्षक राखी विभिन्न समाचारहरु प्रकाशित भएको रहेछ।उक्त समाचार भित्र मेरो नामै किटेर यी र यस्ता कार्यमा बिजय थापा सम्लघन भनेर लेखेको पाए। सर्वप्रथम त यी सबै तथ्यहिन समाचार र आरुपहरु म बिजय थापालाई सिध्याउन अभिप्रेरित भएर योजनाबद्द तवरमा रचिएको एउटा सुनियोजित षड्यन्त्र मात्रै हो।यस्मा कुनै सत्यता नरहेको जानकारी गराउछ।यस्ता अत्यन्तै भ्रामक,अतिरन्जित समाचारहरु प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म यसै प्रेस बिज्ञयप्ति मार्फत उक्त भ्रामक अनि सुनियोजित षड्यन्त्र का साथ लेखीएका समाचारहरु को खन्डन गर्दै उक्त समाचार बनाउनेहरु लाई प्रमाण पुर्याउनुहोस म कानुनी कारबाही का लागी कानुनी कठघारामा उभिन तयार छु भन्ने चुनौती दिन चाहान्छु। हैन भने यो षड्यन्त्रमा संम्लघ्न यसको षड्यन्त्रकारी नाइके चिकित्सा शिक्षा आयोग को अयोग्य, भ्रष्टाचार उपाध्यक्ष श्रीकृष्ण गिरी र उसका मतियार पत्रकार गिरोह बिरुद्ध म कानुनी उपचार खोज्ने छु।

आदरणीय पत्रकार दाजुभाइ,दिदिबहिनीहरु,

म बिजय थापा लामो समय देखी नेपालमा निशुल्क शिक्षा, निशुल्क स्वास्थ र यही देशमा रोजगार को सुनिश्चितता लागी अनि भ्रष्टाचार विरुद्ध संघर्ष गर्दै आइरहेको कुरा सबैमा सर्वाधितै छ। नेपाल को समग्र चिकित्सा शिक्षा क्षेत्र सुधार का निम्ति एउटा शक्तिशाली चिकित्सा शिक्षा आयोग को माग गर्दै बिगतमा दुई पटक अनशन बसेको मेरो बिगत देखी सायदै कोहि अनबीज्ञ हुनुहुन्न होला।चिकित्सा शिक्षा आयोग त बन्यो तर बिडम्बना चिकित्सा शिक्षा आयोग भ्रष्टाचारी र अयोग्यहरु को भर्ती केन्द्र बन्न पूग्यो।चिकित्सा शिक्षा आयोग को उपाध्यक्षमा श्रीकृष्ण गिरी जस्तो अयोग्य,भ्रस्टाचारी लाई नियुक्ति गरेदेखि नै हामी निरन्तर खबरदारी गर्दै एक बर्ष देखी सडकमा छो।चिकित्सा शिक्षा आयोग को अयोग्य, भ्रष्टाचार श्रीकृष्ण गिरी विरुद्ध हामी कानुना लडाइमा समेत होमिएका छौँ।श्रीकृष्ण गिरी उपाध्यक्ष नियुक्त हुँदा उपलब्ध गराएका सम्पुण कागजातहरु अहिले सर्वोच्च अदालतमा पेश भैसकेको छ।सम्भवत भोलि फागुन ९ गते श्रीकृष्ण गिरी विरुद्ध को मुद्दा सर्वोच्च अदालत बाट फैसला हुनेछ र उक्त फैसला बाट उ अयोग्य घोषित हुनेछ।श्रीकृष्ण गिरी चिकित्सा शिक्षा आयोग को उपाध्यक्षमा अयोग्य घोषित हुने र कारबाहीमा। पर्ने भएपछि श्रीकृष्ण गिरी अहिले म बिजय थापा लाई विभिन्न कानुनी झमेलामा फसाउन र मेरो चरीत्र हत्या गर्ने आफैले आफ्नो घरमा बम राख्न लगाएर षड्यन्त्र गर्ने, कहिले ज्यान को

खतरा छ भन्ने,कहिले फोन बाट धम्की आयो भन्ने जस्ता नाटक मन्चन गर्ने षड्यन्त्रकारी योजना मा उत्रिएका छन।हालै मात्र सरकारले सुरक्षा का लागी पुर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, पुर्ब उच्च पदस्तहरु लगाएत लाई दिदै आएको अनावश्यक सरकारी सुरक्षाकर्मी हरु फिर्ता बोलाएको छ।सुरक्षा को कारण देखाइ श्रीकृष्ण गिरी ले सुरक्षा सुबिधा धेरै अघि देखी नै लिदै आएका थिए।अहिले त्यो सुरक्षा सुविधा खोसिने भए पछि यसैको लागी पनि यो नाटक गरिरहेका छन। अहिले श्रीकृष्ण गिरी विभिन्न षड्यन्त्र गरी जेजसरी भए पनि सर्वोच्च अदालतमा चलिरहेको उनी बिरुद्ध को मुद्दा को फैसला पेशी रोक्न, लम्ब्याउन चाहिरहेका छन।विभिन्न षड़यन्त्रकारी नाटक रचेर अदालत को कामकारबाही नै प्रभावित पार्न लागी परेको प्रष्ट छ।यसैका लागी श्रीकृष्ण गिरी ले म बिजय थापा लाई फसाउने र अदालत को कामकारबाही लाई प्रभावित गराउने मनसाय ले प्रेरित भएर जुन अत्यन्तै घिनलाग्दो षडयन्त्र गर्दैछन यो अत्यन्तै निन्दनीय छ। यसको घोर भत्सर्ना गर्दै मेरो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउछु।साथै म आफू माथी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरी ले गरेको अन्याय र षड्यन्त्र बिरुद्ध कानुनी उपचार मा जाने जानकारी गराउछु।साथै म माथी भैरहेको यो अन्याय र षडयन्त्र बिरुद्ध आदरणीय पत्रकार दाजुभाइ,दिदिबहिनीहरु सग न्याय को पक्षमा मलाई साथ दिनुहुन विनम्र अनुरोध गर्दछु।

चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्रीकृष्ण यसकारण अयोग्य र भ्रस्टाचारी हुन।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा २४ ९१०९क० मा आयोगको उपाध्यक्षका लागि ‘मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।चिकित्सा शिक्षा ऐनको दफा २४ (१)(च) मा आयोगको उपाध्यक्षका लागि उच्च नैतिक चरित्र कायम गरेको हुनुपर्ने प्रावधान छ।

१. श्रीकृष्ण गिरी प्राध्यपनमा जोडिएको १० वर्ष पुगे पनि त्यसमा निरन्तरता देखिँदैन। उनले २०७४ साउनदेखि करिब आठ महिना स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए।श्रीकृष्ण गिरी र अहिलेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेल को सम्बन्ध धेरै पुरानो हो। गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री हुँदा करिब आठ महिना मन्त्रालयमा गएर जिम्मेवारीका नाममा धुपौरे काम सम्हालेको छर्लडग छ।पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री भएपछि मन्त्रालयको धुपौरे कार्य छाडेर उनी पुनः प्राध्यापन पेसामा फर्केका थिए।स्वास्थ्य मन्त्रालयको धुपौरे, कार्य सम्हालेको समयमा गिरीले प्राध्यापन नगरेको प्रष्ट छ।त्यसलाई अनुभवको अवधि भनेर जोड़न कदापि मिल्दैन तसर्थ श्रीकृष्ण गिरी चिकित्सा शिक्षा आयोग को उपाध्यक्ष बन्न अयोग्य हुन।प्राध्यापन छाडेर मन्त्रालयको

धुपौरे,चाप्लुसी कार्यमा खटिएको अवधिको हिसाब गर्दा उपाध्यक्ष गिरीको चिकित्सा शिक्षाका क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गर्न ६ महिनाभन्दा बढी अवधि बॉकी देखिन्छ। सिफारिस समिति र सरकारले भने यी विषयमा कुनै पनि मूल्यांकन र छानबिन नगरी चोर बाटो बाट गिरीलाई

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरियो।

२.श्रीकृष्ण गिरी तत्कालीन न्याम्सका शिक्षाध्यक्ष (रेक्टर) जिम्मेवारी सम्हाल्दा गिरीले विद्यार्थीक लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफ्नै विद्यार्थी बनेर विदेश सयर गरेका थिए। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट पाँचजना विद्यार्थीलाई विदेशमा तालिम दिन आएक उक्त रकमबाट उनी एक्लै अस्ट्रेलिया, श्रीलंका, स्विटजरल्यान्ड र अस्ट्रिया घुमेर आए।यो घटनामा आज सम्म श्रीकृष्ण गिरी उपर छानबिन भएको छैन।याहा श्रीकृष्ण गिरी उच्च नैतिक चरित्र कायम गरेका हुन भनेर आयोगको उपाध्यक्ष बन्न ब्यवस्था गरिएको प्राबधान लाई धोती खोलेर देखाउने कार्य भएको छ।

३. श्रीकृष्ण गिरी उपर अख्तियारमा मुद्दा,योग्यतामा प्रश्न चिन्ह, श्रीकृष्ण गिरीले बीस करोड घुस मागेको प्रकरण,नर्सिङ कलेज लाई सम्बन्धन दिने क्रममा भएको अनियमितता,विद्यार्थी माथी चक आर्थिक शोषण गर्ने मेडिकल कलेज संचालक सग गिरी को सुमधुर घनिष्ठ सम्बन्ध, चर्को आर्थिक शोषण गर्ने मेडिकल कलेज उपर कुनै कानुनी कारबाही नगरिनु,विद्यार्थीहरु को पैसा फिर्ता आदि हुन। नहुनु

बिजय थापा (986-3813200)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty eight ÷ twenty two =