५ फिट गहिरो सुरुङ खनेर चोर बैँक भित्र पसेपछि…

काठमाडौँ । बैंक र एटीएममा चोरीका घटना दिनानुदिन घटी नै रहन्छन् । चोरीका घटना नघटुन् भनेर बैँकले कडा भन्दा कडा सुरक्षा ब्यबस्था मिलाएको हुन्छ । बैँक र एटिएम बुथमा धेरै भन्दा धेरै गार्डहरु बैँकले राखेको हुन्छ । तर पनि चोरले अनेक जुक्ति लगाएर चोर्ने क्रम भने रोकिएको छैन ।
अझ कोरोना कहरका कारण गरिएको लकडाउनको समयमा विभिन्न खाले अपराधिक घटना बढ्दै गएका छन् ।

जसकोपछिल्लो उदाहर(ा भारतको एक बैंक चोरीको प्रयास भएको छ । भारतको कांकेरको सरोना इलाकामा रहेको मुडपार सहकारी बैंकमा लुटेराहरूले ५ फिट सुरुङ खनेर भित्र पसेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सुरुङमार्फत ती लुटेराहरू बैँकको एउटा कोठामा पुगे । सो कोठामा १७ लाख नगद राखिएको बाकस चोरहरुले भेटे । यद्यपी उनीहरूले सो बक्स तोड्न भने सकेनन् । बैंकको सीसीटीभी क्यामेरालाई कपडाले ढाकिदिएर चोरहरुले हर प्रयास गर्दा पनि पैसा भने बाहिर लैजान नसकेको बैँकले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ fifty six =