नेपालमा आज थप ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु ! कुन कुन ठाउँ मा कती ? हेर्नुस्

काठमाडौं, ७ असोज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, झापामा ९ जना, ताप्लेजुङ र तेह्थुममा १÷१ जना, पाँचथरमा २ जना, मोरङमा ४४ जना, संखुवासभामा १ जना, र सुनसरीमा ३७ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा ३ जना, बारामा ४ जना, महोत्तरीमा १ जना, रौतहटमा २ जना, सप्तरीमा १२ जना, सर्लाहीमा २१ जना र सिरहामा ११ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ४ सय ९२ जना, काभ्रेमा १० जना, चितवनमा १ जना, धादिङमा १४ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ९५ जना, मकवानपुरमा १६ जना र ललितपुरमा ५० मा भाइरस देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा २२ जना, गोरखामा ५ जना, तनहुँमा ६ जना, नवलपरासीमा पूर्वमा १० जना, पर्वत र म्याग्दीमा १÷१ जना, लमजुङमा ५ जना, वाग्लुङमा २ जना र स्याङ्जामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिलवस्तुमा ६ जना, गुल्मीमा २८ जना, दाङमा २ जना, नवलपरासीमा ५ जना, पाल्पामा १३ जना, प्युठानमा ५ जना, बर्दियामा १९ जना, बाँकेमा ३० जना र रुपन्देहीमा ६७ जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २२ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा १४ जना, डोटीमा १७ जना, दार्चुलामा २ जना, बझाङमा १ जना र बैतडीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

49 + = fifty nine