अन्जु पन्त र श्रीमान थीर कोइरालाले भाँडा माझ्दै गरेको भिडियो टिकटकभरी भाइरल बन्यो (भिडियो सहित)

काठमान्डौं : केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने प्रमाण उनका भिडियोले देखाउँछ । टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंग उनी संगै भाँडा माझिरहेकी छन् ।

उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरे पछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो विवाहको भिडिओ सार्वजनिक गरेकी छन्।

केही दिनअघि थिर कोइरालासँग पाटनको एक चर्चमा उनले क्रिश्चियन परम्पराबमोजिम विवाह गरेकी थिइन् । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्। गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।

एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिनजान भएको थियो। अब प्रस्तुत छ भिडियो सामाग्री:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = sixty three