‘वार २’मा प्रभास भिलेन

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’लाई दर्शकले निकै मनपराए । यो एक्सनपूर्ण फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्यो ।

सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले ऋतिक र टाइगरको करियरमा नयाँ उचाई थपिदियो । अब सिद्धार्थ यो फिल्मको सिक्वेल बनाउने तयारीमा छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सिद्धार्थले यो महत्वाकांक्षी फिल्ममा बलिउडका ‘बाहुबली’ अर्थात् प्रभासलाई जोड्ने योजना बनाएका छन् । फिल्मको सिक्वेल ‘वार २’मा प्रभासलाई भिलेन गेटअपमा ल्याउने सिद्धार्थको सोच छ ।

यो फिल्मका लागि सिद्धार्थले प्रभाससँग कुराकानी गरिसकेका छन् । प्रभास फिल्म र फिल्मको कथाप्रति उत्साहित छन् । फिल्ममा प्रभासले सहमत जनाए ऋतिक र उनको द्वन्द्वले दर्शकलाई नयाँ कौतुहलता दिने बताइएको छ ।

निर्देशक सिद्धार्थ यतिबेला फिल्म ‘पठान’को सुटिङमा व्यस्त छन् । यो फिल्मको सुटिङ पछि उनी ‘वार २’मा लाग्नेछन् । फिल्मको बजेट धेरै भएकाले उनले ‘वार २’लाई बढी समय दिने बताइएको छ ।

फिल्ममा टाइगर श्राफको पनि अभिनय हुने चर्चा छ । तर फिल्मको पहिलो भागमा टाइगरको मृत्यु भएकाले सिक्वेलमा उनी रहन्छन् या रहन्नन् भन्ने अन्योल छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 2 = six