जवान छोरा गुमाएकी कञ्चनको आमालाई पर्यो अर्को वज्रपात, भ’क्का’निएर रो’इ’न् (भिडियो हेर्नुहोस्)

काठमान्डौं : जिवनको एक सहारा केवल एउटा सन्तान थिए कञ्चन । अहिले उनी यो संसारमा छैनन् । उनकी आमाले छोरालाई बचाउन सकिन्छ की भनेर दुई महिना अस्पतालमा कुरीन् । छोराले उठेर बसेर आमा भन्छ की भन्ने आशमा उनको कान संधै छोरा तर्फ थिए । तर त्यो उनको आश अव कहिल्यै पुरा हुन सक्दैन । अहिले एक मात्र सहारा गुमाएपछि एक्लिएकी आमासंग साथमा केही छैन ।

न सम्पत्ती छ, न ओत लाग्ने वास छ । यति सम्म अप्ठेरो अवस्था छ की कञ्चनको काज किरियाका लागि समेत खर्च नभएपछि अहिले त्यसका लागि खर्च उठाइएको छ । २१ वर्षको छोरा गुमाउनुपर्दा विह्वल भएकी कञ्चनकी आमालाई किरिया खर्च उपलब्ध गराउन सामाजिक सञ्जाल प्रयोगकर्ता उनको घरमा पुगेका छन् । उनी छोराको किरियाका लागि बसेको घर पनि झुपडी छ ।

अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको शव उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

त्यो माग पनि पुरा नभएपछि स्थानिय तहका पदाधिकारीले तत्काल कञ्चनको अन्त्यष्टि गर्न सुझाव दिएका थिए । उनलाई एक लाख रुपैयामा छोराको शव उठाउन अन्त्यष्टि गर्न सहमति जनाएको भनेर विरोध गरिएको छ । तर कचनको आमाले छोराको न्यायको लागि एक लाख रुपैयामा कुनै सहमति नगरेको बताएकी छन् । मलाई पढ्न आउँदैन कापीमा के लेखेको छ भन्ने मलाई थाहा थिएन । तर मेरो बारेमा अनावश्यक आरोप लगाइयो ।

श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा एक्लिएकी हुन् । उनको बेहाल भएको छ । ६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = sixty