झलनाथ खनाल अनुपस्थित,धुम्बाराहीमा ओली–नेपालबीच १ घण्टादेखि छलफल हुदै

काठमान्डौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताबीच छलफल चलिरहेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमवार बिहान सवा ११ बजेदेखि दुवै पक्षका नेताबीच छलफल चलिरहेको हो ।

बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् । बैठकमा नेपाल पक्षले फागुन २८ गते ओली पक्षले एकतर्फी रूपमा गरेको निर्णय फिर्तालाई ‘बटमलाइन’ बनाएको छ ।

चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन ।

सोमवारको बैठकमा माधव नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी छैनन् । बैठकअघि माधव नेपाल पक्षका नेताहरूबीच छुट्टै छलफल भएको थियो । सहमतिकै आधारमा ६ नेताहरू वार्ताका लागि धुम्बाराही गएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

five + 4 =