संसद् पुनःस्थापनापछि आज तेस्रो बैठक, यस्ता छन् सम्भावित कार्यसूची ! हेर्नुहोस…

काठमान्डौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बदर भएपछि आज तेस्रो पटक प्रतिनिधिसभा बैठक बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकका सम्भावित कार्यसूचीबारे सोमबार नै संसद सचिवालयले जानकारी दिइसकेको छ।

संसद सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ।

आजको संसद बैठकको तयारीका लागि सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । आजको बैठकका कार्यसूचीहरु सभामुखले फेरबदल गर्न भने सक्नेछन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि फागुन २३ गतेका लागि बैठक बोलाइएको थियो । दोस्रो बैठक २६ गते बसेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × 1 =