एमालेमा लफडा : ओली र वामदेवको कार्यक्रम जुध्यो,नेपाल खनाल पक्ष चियापानमा नजाने !

काठमाडौं : लामो समयको संवादहिनता तोड्दै हिजो ९सोमवार० धुम्बाराहिमा भेटेका नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताहरुबीचको तिक्तता र दूरी झनै बढ्ने संकेत देखिएका बेला आज ९मंगलवार० पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता वामदेव गौतमले डाकेको कार्यक्रम एउटै समयमा परेको छ ।

ओलीले ११ बजेका लागि बालुवाटारमा चियापान आह्वान गरेकै समयमा वामदेव गौतम समूहले कलंकीमा कार्यक्रम आयोजना गर्नुलाई सत्तारुढ दलको विवाद र अनतरकलह कुन हदसम्म चुलिएको छ भनेर सहजै बुझ्न सकिन्छ ।

त्यतिमात्रै होईन, यो सहित एमालेका तीन समूहका बेग्लाबेग्लै कार्यक्रमहरु आजका लागि तय गरिएको छ ।

पार्टी अध्यक्ष ओलीले डाकेको बैठकमा नजाने अडान लिएका माधव कुमार नेपाल र झलनाथ खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। सोही कार्यक्रमबारे जानकारी दिन २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका सो समूहले सार्वजनिक गरेको छ ।

सर्वोच्चको फैसलाअघिसम्म नेकपा विभाजन गर्ने भन्दै एकले अर्कालाई कारबाही र तुच्छ गालीगलौजमा उत्रिएको एमाले एक ठाउँमा फर्किनुपरेका कारण दुई पक्षका अडान कायम रहेका हुन् भने पार्टीभित्रै संघर्षको तयारी भइरहेको बुझिएको छ । सर्वोच्च अदालतको फैसलासँगै ब्यूतिएको एमालेले प्राण भर्न भने नसकेका कारण एमाले कार्यकर्ताले नेतृत्वसँग रोष प्रकट गरिरहेका छन् ।

यसैबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक डाकेकी छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 1 =