बिचारा , बच्चालाई दूध खुवाउँदा महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो

काठमाडौं : ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ ।

भिओए कम्बोडियाका अनुसार सिथोंग सोखा नामकी यी महिला प्रहरीलाई बरिष्ठ अधिकारीहरुले सार्वजनिक रुपमा खेद प्रकट गर्नको लागि दबाब दिएका थिए । उनलाई सार्वजनिक रुपमा फेसबुकमा उनले कम्बोडियाका महिलाहरु र पुलिस फोर्सको प्रतिष्ठालाई बदनाम गरेको लेख्न लगाइयो । तर, यो घटनापछि कम्बोडियाको महिला मन्त्रालयले सिथोंगमाथि उनका बरिष्ठ अधिकारीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । महिला मन्त्रालयका एक अधिकारीले सिथोंगप्रति गरिएको व्यवहारले आफूलाई निकै निराशा भएको बताउँदै खासमा सिथोंगको प्रशंशा गरिनुपर्ने बताए ।

मन्त्रालयले एक वक्तव्यमा सिथोंगले आफ्नो फोटो पोस्ट गर्दा मानिसहरुको ध्यान तान्न कुनै पनि कामुकताको प्रयोग नगरेको बताएको छ । यससँगै महिलाको अधिकारको लागि काम गरिरहेका कार्यकर्ताहरुले कम्बोडियामा कामकाजी आमाहरुको अधिकार सुनिश्चित गरिनुपर्ने माग गरेका छन् । संगठनहरुले कामकाजी आमाहरुको आवश्यकता अनुसार कार्यालयमा पर्याप्त व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 ÷ = two