अब काठमाडौं छिर्ने हरेकलाई १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइन राखिने

काठमाडौं- अब बाहिरबाट काठमाडौं उपत्यका छिर्ने हरेकले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका छिर्ने हरेकले १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम बनाएको हो ।

काठमाडौं प्रवेश गरेपछि १४ दिन होम क्वारेन्टिनमा वा आफ्नै खर्चमा क्वारेन्टाइनमा अनिवार्य बस्नैपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । उनले १४ दिन बसेपश्चात लक्षण नदेखिएको खण्डमा पिसिआर परिक्षण गर्नु नपर्ने समेत बताए ।

प्रवक्ता गौतमले विदेशबाट आउँदा वा विभिन्‍न जिल्लाबाट उपत्यकामा आउँदा अनिवार्य आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्‍नुपर्ने समेत बताए । एक जिल्लाबाट अर्को जिल्ला जाँदा पनि १४ दिन होम क्वारेन्टिनमा बस्‍नुपर्ने उनले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ eighty = 90