कलंकीबाट प’क्राउ परेका यी युवतिको चर्तिकला देखेर प्रहरी समेत तिन छक्क

काठमाडौं । प्रहरी कन्ट्रोल १०० मा एक महिलाले फोन गरिन् । उनले काठमाडौंको सीतापाइलामा चक्रपथ परिक्रमा गर्ने बसमा एक वृद्धको पकेटबाट पैसा चोरिएको सूचना मात्र दिइनन्, चोर्ने व्यक्तिको हुलिया समेत बताइन्।

उनले प्रहरीलाई फोन मात्र गरिनन्, गाडीमा होहल्ला समेत गरिन् । उनले होहल्ला गरेपछि चोरिएको ३४ हजार ५ सय ५० रुपैयाँ बसमै फालेर एक महिला र दुई पुरुष गाडीबाट फात्तफुत्त झरिहाले। फोन प्राप्त भएको १० मिनेटमा गाडी खसी बजार आइपुग्दा प्रहरीले छेक्न भ्यायो । शंकास्पद अन्य व्यक्ति पनि झरिसकेकाले पक्राउ गर्न भने सकेन।

त्यसपछि ती महिलाले बताएको हुलिया लिएर प्रहरीले वरपर खोज्न थाल्यो । एक युवती प’क्राउ परिन् । त्यसपछि प्रहरीले ती युवतीसँग केरकार गर्‍यो । त्यसपछि कलंकीकै चिया पसलबाट अर्की युवती पनि प’क्राउ परिन्।पक्राउ पर्नेमा थिए, कामनपा– ११ गोंगबुकी की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोकको लिशंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती।

महानगरीय प्रहरी प्रभाग कलंकीका प्रभागपति प्रहरी नायब निरीक्षक (सई) मीठ्ठु खड्काले उनीहरूलाई साँझ ५ बजेदेखि ७ बजेसम्म केरकार गरे । उनीहरूले आफूहरू चोर नभएको जिकिर गरि नै रहे ।

‘हेर्दा सम्पन्न परिवारका जस्ता देखिने, कुरा पनि त्यस्तै गर्ने, शुरूमा त हामीलाई पनि गलत मानिस प’क्राउ गरेको जस्तो लागेको थियो,’ सई खड्काले भने, ‘अन्तिमचोटी तिमीहरूलाई छाड्दिन्छौं, उनीहरूले तिमीहरूलाई प्रयोग गरेका हुन्, अरू को हुन् भन भनेपछि बल्ल उनीहरूले आफूहरूले चोरी गरेको स्वीकारे र अन्य ५ जना पुरुषको नाम पनि दिए ।’

त्यसभन्दा अगाडि पनि ७ जनाको समूहले विभिन्न समयमा गाडीमा चढेर पकेट मार्ने गरेको भन्दै बसका चालकले हुलियासहित प्रहरीलाई जनाकारी गराएका थिए । कलंकी प्रहरी ती व्यक्तिहरूको खोजीमा पहिलेदेखि नै थियो ।

प्रहरीमा यतिसम्म खबर आएको थियो कि उनीहरू ३ थरीका मास्क लगाएर हिँड्छन् । २ दिन सेतो बुट्टा भएको सर्जिकल मास्क, २ दिन कालो सर्जिकल मास्क र २ दिन कपडाको मास्क लगाउँछन् भन्ने सूचना प्रहरीलाई थियो ।

एउटै मास्क लगाउने ४ जनामध्ये भीडभाड हुने बसमा बसको दायाँपट्टि १ युवती र २ पुरुष र बायाँपट्टि १ युवती ३ पुरुष बस्ने गर्दथे । उनीहरूले भीडभाड मानिसहरूलाई ठेलमठेल गर्ने र पकेट मार्ने गरिरहेको सूचना प्रहरीलाई पहिले नै आएको थियो ।

त्यो दिन उनीहरूले बुट्टा भएको सर्जिकल मास्क लगाएको १०० मा फोन गरेर सूचना दिने महिलाले प्रहरीलाई बताएकी थिइन् । प्रहरी अन्य ५ जना पुरुषको खोजीमा लाग्यो । प्रहरीले पक्राउ परेका २ युवतीको सहयोगमा अन्यलाई पक्राउ गर्न प्रहरी लाग्यो तर त्यो बेलासम्म अन्यले उनीहरूलाई प्रहरीले पक्राउ गरेको थाहा पाइसकेका थिए । उनीहरूले आफूहरूले प्रयोग गरेको मोबाइल समेत स्वीच अफ गरेका थिए ।

प्रहरी ती महिलालाई कहाँ बस्छन् भन्दा सोध्दा प्रहरी झन् चकित भयो । ‘हामीलाई अहिलेसम्म कोठा देखाएका छैनन्। उनीहरूको वास्तविक नाम पनि थाहा छैन,’ प्रहरीलाई ती युवतीहरूले भनेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेन । ती युवतीले प्रहरीलाई बताएअनुसार मुख्य नाइकेको बोलाउने नाम राजन र अन्यको जङ्गे, अखण्डे, विशाल र बुद्ध रहेछ । तर उनीहरू त्यही नामकै आधारमा ७ वर्षदेखि पकेट मार्ने काममा संलग्न भएको प्रहरीलाई बताए ।

पकेट मारेर गोंगबुमा घर

७ वर्षदेखि पकेट मार्दै आएकी २४ वर्षीया सम्झना परियारले काठमाडौं महानरपालिका– ११ गोंगबुमा घर बनाएको प्रहरीलाई बताएकी छन् । ‘सम्झनाले पकेट मारेर गोंगबुमा घर बनाएको बताएकी छन्,’ सई खड्काले भने, ‘दिनमै ५०/६० हजार रुपैयाँ लुट्ने रहेछन् ।’ अन्य केटाहरूको पनि काठमाडौंमा घर बनाइसकेको देखिन्छ ।

पकेट मार्नुभन्दा अगाडि ब्रिफिङ

पक्राउ परेका २ युवतीले प्रहरीलाई बताएअनुसार उनीहरूले दैनिक पकेट मार्नुभन्दा अगाडि मुख्य नाइके राजनले ब्रिफिङ लिने गरेको थिए । उनीहरू कार्यालय समयमा स्वयम्भुको खुला चौरमा अनिवार्य उपस्थित हुने र त्यहाँ कसरी पकेट मार्ने ? कुन एरियामा मार्ने ? कसले के गर्ने ? कुन गाडी चढ्ने ? मानिसहरू कति भएपछि चढ्ने ? जस्ता कुराको निर्णय र जिम्मेवारी बाँडफाँड गर्ने गरेको ती युवतीले प्रहरीलाई बताएका छन् ।

‘उनीहरूले गज्जबको कुरा सुनाए । उनीहरू दैनिक ९ बजे स्वयम्भुको खुलाचौरमा भेटेर बदाम खाँदै त्यो दिन पकेट मार्ने क्षेत्रको ब्रिफिङ लिँदा रहेछन्,’ कलंकी प्रभागका प्रमुख सई मीठ्ठु खड्काले भने, ‘अझ रमाइलो त उनीहरूको पकेट मार्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेछ ।’

उनीहरू बेलुका ५ः३० बजे बिहान मिटिङ बसेकै ठाउँमा भेटेर पैसा बाँडफाँड गरी घर फर्किने गरेका रहेछन् । यदि कुनै दिन पकेट मार्न नसके त्यही दिन साँझ जम्मा भएर किन पकेट मार्न सकिएन ? कसको के कमजोरी भयो भन्ने कुराको पनि समीक्षा हुने रहेछ ।​

पकेटमारको कोड भाषा प्रहरीलाई ‘बकुल्ला’ पैसालाई ‘रामराम’

प्रहरीका अनुसार उनीहरूले प्रहरीलाई बकुल्ला भन्ने गरेका रहेछन् । सई खड्काका अनुसार धेरै प्रहरी आए भन्नलाई ‘बकुल्लाको टोली’ एउटा मात्रै प्रहरी आयो भन्नलाई ‘बकुल्लो’ र महिलाहरूले ‘मामा’ पनि भन्ने गरेका छन् । भने पैसा छ पकेट मारिहाल भन्नलाई उनीहरूले ‘रामराम’ भन्ने गरको खड्काले बताए ।

‘उनीहरूले पैसालाई रामराम भन्दा रहेछन्,’ खड्काले भने, ‘प्रहरी आयो भागलाई ‘बकुल्ला’ २ चोटी भन्ने गरेका रहेछन् ।’ उनीहरूले उपत्यकामा कति प्रहरी पोशाकमा खटिन्छन् ? कति प्रहरी सादा पोशाकमा खटिन्छन् ? कुन ठाउँमा खटिन्छन् ? प्रहरी कसरी हिँड्छन् लगायतका गतिविधि समेत जानकारी राख्ने गरेको पाइएको प्रहरीले बताएको छ।

३ महिनाको अवधिमा मात्र आफूहरूले ५० जनाभन्दा धेरै पकेटमारलाई पक्राउ गरेको उनले बताए । उपत्यकाबाट बाहिर जाने सवारी साधन र उपत्यकाभित्र चल्ने सवारी साधनलाई लक्षित गरेर पकेटमारले आफ्नो क्षेत्र कलंकीलाई बनाउने गरेको पाइएको सई खड्काले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty one − 75 =