गरिब सुकुम्बासी लाई ३ करोडको जग्गा महानायक राजेश हमालले दिए

काठमाडौं : महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाललाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे। तर उनी बुवाको इच्छा विपरित कलाकार बने। त्यसैले उनको बुवासंग त्यती राम्रो सम्बन्ध पनि भएन । अन्तिम अवस्थामा पनि बुवालाई राम्रो सेवा गर्न नपाएकोमा हमाललाई अहिले पनि पछुतो छ ।

महा नायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोड पति बनेका छन् उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवारलाई दान दिएका छन् । फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् । यस अघि राजेश हमालकै परिवारलाई कामले सहयोग गर्नेहरुलाई उनीहरुले जग्गादान दिएका हुन् ।

हमालकै जग्गामा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् । चितवनमा रहेको सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् । उनीहरुको जग्गामा आश्रय लिएर बसेकाहरु हमालको जग्गा निकै धेरै रहेको बताएका छन् । राजेश हमालको हजुरआमाको निधन हुनुअघि उनकै इच्छा बमोजिम ति परिवारलाई जग्गा दान दिइएको हो ।

हमाललाई आफ्नो जग्गा जमिन कति छ भन्ने समेत सायद थाहा छैन होला । जवलपुरमा हमालको अथाह जमिन थियो । नवलपरासीको नवलपुरमा लामो समय सम्म बसेका हमालको त्यहाँ अरव मुल्य पर्ने जमिन छ । नेपाली कांग्रेसमा स’कृय हमालका भाई राकेश हमालको केही समय अघि निधन भयो । उनी नि’धन हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = nine