४२ वर्षको हुँदा जनयुद्धको नेतृत्व गरेको थिएँ, म त बाँचुञ्जेल लड्ने नै भएँ– प्रचण्ड

काठमान्डौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न नदिन ठूलो षडयन्त्र भइरहेको दाबी गर्दै त्यसका विरुद्ध आफूले जीवनभर संघर्ष गर्ने बताएका छन् ।

धूलोमैलो टक्टक्याएर आन्दोलनका लागि आफू झनै बलियो बनेको उनको दाबी छ । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले अन्यायविरुद्ध जीवनभर संघर्ष गर्ने बताएका हुन् ।

‘३६ वर्षको उमेरमा महासचिव बनेको थिएँ, जनयुद्ध गर्दा ४२ वर्षको थिएँ, ५२ वर्षमा शान्ति सम्झौता गरें । अहिले अर्को लडाईं लड्नुपर्ने भएको छ, म बाँचुञ्जेल लड्छु’ प्रचण्डले भने, ‘अन्यायविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने सिद्धान्तमा विश्वास गर्ने भएकाले म अन्तिम समयसम्म भिडिरहन्छु । जनजाति, दलित लगायत पिछडिएका समुदायको अधिकार खोस्ने षड्यन्त्र ठूलो छ, त्यसको केन्द्रित अभिव्यक्ति संविधान कार्यान्वयन गर्न नदिने हो । जनताको अधिकार खोस्ने निर्णयविरुद्ध म त बाँचुञ्जेल लड्ने नै भएँ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 × = twenty seven