आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ? हेर्नुस

काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार रहेको थियो ।

आज प्रतितोला सुन ३ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।

सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ५० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fourteen − nine =