लोकप्रिय पत्रकार ऋषि धमला पत्नी अभिनेत्री एलिजा गौतमको आज जन्मदिन

काठमान्डौं : नेपाली फिल्म क्षेत्रकी चर्चित तथा लोकप्रिय अभिनेत्री एलिजा गौतमको आज जन्मदीन परेको छ। चर्चित पत्रकार ऋषि धमलाको श्रीमती एलिजा गौतम आफ्नो पति भन्दा २ वर्ष मात्र कान्छी हुन भने उनि १ छोरा र १ छोरीकी आमा समेत हुन। नेपाली फिल्म ‘अनुराग’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी उनिले अहिले सम्म दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन।

विभिन्न म्युजिक भिडियोबाट दर्शकश्रोताको राम्रै प्रतिक्रिया पाइरहेकी उनको आज जन्मदिन परेको छ साथै उनले बिहानै आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस समेत राखेकी छिन। उनको फेसबुक स्टाटस यस्तो छ “म यो धर्तीमा पाइला टेकेको दिन आज अर्थात् 🎂❤️आज मेरो जन्म दिन🎂 मलाइ जन्म दिने मेरो भगवान मेरो आमा बुबा सधै शिरमा राख्दछु ।। हजुर हरु ले कति दुख सघर्ष गरेर मलाई हुर्काउनु भो 😘😘 सधै तपाईहरुकै हौसलाले उचाइमा पुग्न सकु १जतिपनि साथीहरुले फेसबुकमा हिजै देखि जन्म दिनको शुभकामना दिनु भयो सबै सबैमा हार्दिक धन्यवाद छ सबैको माया यसैगरी पाई राखु

उनको जन्मदिनमा धेरैले सुभकामना समेत दिएका छन्। फिल्म ‘अनुराग’बाट फिल्मी यात्रा सुरु गरेकी दर्शक र आफ्नो श्रीमानको समर्थनले पनि उनि अगाडी बढिरहेकी छिन भने बेलाबेलामा विभिन्न सामाजिक कार्यमा अग्रसर हुने गर्छिन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four ÷ one =