कोरोना जोखिम बढ्यो– राति ९ बजेपछि सबैखाले जमघट बन्द गर्ने ! ९ बुँदे निर्णयहरु…

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को सं,क्रमण बढेको भन्दै ९ बुँदे निर्णय गरेको छ । मन्त्रालयले को,भिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै ९ बुँदे सुझावसहितको निर्णय पेस गरेको छ । मन्त्रालयले बिहीबार गरेका निर्णयहरु यस्ता छन् ।

१– भारतका सीमानाकाबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने

२– अन्तर्राािष्ट्रय विमानस्थलमा स्वास्थ्य परीक्षणमा सक्रियता बढाउने

३– मन्त्रालयले कोभिड १९ संक्रमण नियन्त्रणका लागि पूर्वतयारी योजना बनाउने

४। संक्रमण दर उच्च भएको खण्डमा गृह मन्त्रालयले नाका सीमित गर्न सक्ने

५– एन्टिजेन परीक्षण तथा होम आइसोलेसनलाई बढाउने । संक्रमण देखिएकाहरुलाई छुट्टै सवारी साधनमा होम आइसोलेसनसम्म पुर्‍याउने

६–भीडभाड हुने कार्यक्रम बन्द गर्न लगाउने, सचेतनाका कार्यक्रम बढाउने

७– राति ९ बजेपछि हुने सबैखाले कार्यक्रम र जमघट बन्द गर्ने

८– विद्यालयमा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र भए नभएको शिक्षा मन्त्रालयबाट अनुगमन गर्ने

९– कोभिड १९ संक्रमण फैलिन नदिन संघीय र स्थानीय तह सक्रिय ढंगले लागि पर्ने

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × three =