खनाल नेपालको केन्द्रीय समिति बैठकअघि माधवले भेटे प्रचण्डलाई

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार पनि भेटवार्ता भएको छ ।

बिहीबार व्यावसायी चन्द्रलाल श्रेष्ठको घरमा भेटेका दुई नेताबीच शुक्रबार कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको हो । नेता नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको कलंकीमा हुने बैठकमा जानुअघि प्रचण्डलाई भेटेका हुन् ।

दुवै नेताबीच आजको भेटमा केपी शर्मा ओलीसँगको विवाद र पार्टी एकताबारे छलफल भएको स्रोतले बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही समययता पार्टीको नाम फेरेर अन्य शक्तिलाई भित्र्याउने अभ्यासमा छन् ।

प्रचण्डले आफूलाई छाडेर गएका माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेता तथा पार्टीसँग एकता प्रयास गरिरहेका छन् ।

ओलीले स्पष्टीकरण सोधेपछि एमाले विभाजनतर्फ अघि बढिरहेका बेला नेता नेपालले प्रचण्डसँग बाक्लो भेटघाट गरिरहेका छन् । बिहीबार दुई नेताबीच नेकपा खारेजीविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनमा जाने बारेमा कुरा भएको थियो ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसहित चारजनालाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिसकेका छन् । नेपालसहित चारै जनाले स्पष्टीकरणको जवाफ पनि पठाइसकेका छन् ।

ओलीले नेता नेपाललाई पार्टीबाटै निकाल्ने गरी कारबाही अघि बढाइरहेका बेला प्रचण्डसँग सम्भावित एकतालाई लिएर छलफल भइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = three