कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। अहिले बिहान ११:३० बजे बस्नेगरि बैठक बोलाईएको स्रोतले जनाएको छ ।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पूर्व मन्त्री एवं केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ। जोशीको पार्थिव शरीरलाई अहिले १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताल भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मीएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । जोशीको आजै पशुपतीस्थित आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = three