वनभोज गएका वडाध्यक्ष मदन चन्दको घा’टीमा मासु अ’ड्किदा ज्या,न गयो

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा ए’क्कासी स’मस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो ।

“घाटीमा मासु अ’ड्केर बे’होस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “उपचारका क्रममा राति मृ’त्यु भयो ।”

उनले श’व परीक्षणपछि मृ’त्युबारे विस्तृत जानकारी हुनेसमेत बताए । श’व महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । “वडाध्यक्षसहित आठ जना बेदकोट नगरपालिकाको चु’नेपानी क्षेत्रमा वनभोज मनाउन गएको भनिएको छ”, थापाले भने ।रासस

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three + = thirty nine