नेपाल पत्रकार महासंघको निर्वाचन : केन्द्रिय सचिव (खुल्ला) तर्फ वाट जन्मदेव जैसीको उम्मेदवारी

काठमाडौं : अहिले पत्रकारहरुलाई चुनाव लागेको छ। देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका लागि यही चैत २५ गते चुनाव हुँदैछ। यसका लागि चैत १४ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्नुपर्ने थियो । तर पछि समय बढाएर ६ बजेसम्म दर्ता गर्ने समय तोकियो ।

पहिले तोकिएको समयभित्र अध्यक्ष पदमा एक मात्र उम्मेदवारी गजेन्द्र बुढाथोकीको परेको थियो । समय बढाएपछि भने थप चार जना गरी कूल पाँच जना अध्यक्ष पदका लागि भिड्दै छन्। यसपालि पहिलो पटक प्रत्यक्ष निर्वाचन हुँदैछ। अर्थात् महासंघका सबै सदस्यहरुले प्रत्यक्ष भोट दिन पाउने छन्। यसअघि सदस्यहरुले चुनेका पार्षद्‍हरुले मत दिने गर्थे।

चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्र आदि १० पार्टीहरुको एउटा गठबन्धन बनेको छ भने एमालेसहित केहीको अर्को गठबन्धन बनेको छ। केहीले यो गठबन्धन बाहिरबाट पनि उम्मेदवारी दिएका छन्।

यस्तै श्रमजीवी पत्रकार हरुको हक हितका लागि बिगत लामो समय देखि आवाज उठाउदै आउनु भएका जन्मदिव जैसी पनि यतिबेला नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव (खुल्ला) तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

“श्रमजीवी र स्वरोजगारकर्मीको संरक्षण र प्रवर्द्धन ,पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र ट्रेड युनियन ”
भन्ने मुल नाराका साथ उम्मेदवारी दिनु भएको छ ।

उहाँ भन्नुहुन्छ देशैभरका सम्पूर्ण श्रमजीवी सञ्चारकर्मी, स्वरोगारकर्मी पत्रकार साथीहरुले भोट दिएर माया, सद्भाव र साथ पाउनेमा म ढुक्क छु ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = 2