प्रधानमन्त्री ओली त्रिदेशीय फुटबल हेर्न रंगशाला जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका छन् ।

प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको उनले बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज ९सोमबार० नेपाल र बंगलादेशबीच फाइनल खेल हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = two