श्रृष्टिको घरभेटी यति महान रहेछन्, लाखौं घरभाडा मिनाहा गरिदिए (भिडियो हेर्नुस्)

 

काठमाडौ : चियावालीका नाममा अहिले सामाजिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामागंको घरभेटी निकै सहयोगी रहेछन् । श्रीमानले अलपत्र पारेपछि दुई वर्षकी छोरी काखमा बोकेर उनी रातभरी काममा खटिन्थिन् । दुई वर्षकी छोरी पिठ्युमा बोकेर राती ३ वजे उठेर काममा लागेको भिडियो सार्वजनिक भएपछि उनी चर्चित भएकी हुन् ।

उका श्रीमानको बारेमा भने अर्को ठूलो रहस्य खुलेको छ । उनले इराक पठाइदिन्छु भन्दै गाउँका धेरैलाई समस्यामा पारेका कारण अहिले सम्पर्क विहिन भएको थाहा भएको हो ।श्रीमानले अलपत्र पारेर हिडेपछि भाडामा बस्दै आएकी श्रृष्टिले घरभाडा वापत एक लाख १६ हजार रुपैया तिर्न पर्ने थियो ।

श्रीमान हिडेपछि घरभेटीले श्रृष्टिलाई आफ्नो परिवारको सदस्य जस्तै राखेका थिए । पहिला दुई कोठा दिने गरेकोमा श्रीमान गएपछि उनीहरुले एउटा कोठा श्रृष्टिका लागि छोडिदिएका थिए । परिवार जस्तो गरेर राखेका थियौं, श्रृष्टिको घरभेटीले भने, उनको दुख देखेर हामीले भाडा माग्न पनि सकेनौं । उनको इमान्दारीता देखेर घरवाट निकाल्न पनि सकेनौं ।

उनीहरुले श्रीमान श्रीमतीबीच के समस्या हो भन्ने थाहा नपाएको घरभेटीको भनाई छ । गएको पुष महिना देखि नै उनीहरुको सम्बन्धमा समस्या देखेको उनीहरुको भनाई छ । तर पछि श्रीमान कोठामै आउन छोडे पछि श्रृष्टि वहिनीको घरमा केही दिन गएर बसेको र पछि आफ्नै घरमा फर्केर आएको घरभेटी महिलाको भनाई छ ।

उनले विस्तारै सकेको तिर्छु भनेपछि श्रृष्टिलाई घरवाट निकाल्न नसकेको उनको भनाई छ ।तर अहिले श्रृष्टिलाई लिनुपर्ने भाडा सबै मिनाहा गरिदिएको उनीहरुको भनाई छ । श्रृष्टिको घरभेटी हो भन्दा पनि हामीलाई अहिलो गौरव लागेको छ घरभेटीले भने, आफ्नै श्रीमानले त नहेरेको अवस्थामा उनको इमान्दारीता देखेर हामीलाई पनि माया पलायो ।

श्रृष्टिले विहानै उठेर काम गरेको देखेपछि मेहनत गर्दा पनि तिर्न नसकेको हो भन्ने लागेर केही नभएको उनीहरुको भनाई छ ।श्रृष्टिका श्रीमानले इराक लगिदिन्छु भन्दै गाउँका साझालाई ठ ग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो ।

श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडियामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वजनिक भएका छन् ।भिडियो

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + seven =