२ बर्षकी छोरीको लाश प्लास्टिकमा लपेटेर मोटरसाइकल लग्दै गरेको कारण खुल्दा दुनियाँकै ह्दय रसायो

काठमाडौं । उपचारमा क्रममा सन्तान गुमाएका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् । यो अमानवीय घटनाले अहिले दुनियाँकै ह्दय रसाएको छ । भारत, छत्तीसगढ राज्यमा कोरोना संक्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई लज्जित बनाएको छ ।

जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्षति गरायो । छोरीलाई सर्पले क्षति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई बचाउन सफल भएनन् । अस्पतालले लाश आफन्तलाई हस्तान्तरण गर्‍यो, तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् । उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झिकाउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा लाश लपेट्यो र मोटरसाइकलबाट बोकेर आफ्नो घरतर्फ लाग्यो ।

जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच सर्पले उनकी छोरीलाई क्षति गरायो । जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झारफुक गरेका थिए, तर उनको स्वास्थ्य बिग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प –वि–ष– फैलिसकेका कारण ती बालिकाको मृत्यु भयो ।

बालिकाको लाश परीक्षण पछि अस्पताल प्रशासनले उनको लाश आमाबाबुलाई हस्तान्तरण गर्यो । लाश लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् । गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृत शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ = six