‘माग्नेबुढा’ अर्थात केदार घिमिरेको आज जन्मदिन,कति बर्षमा लागे ? हेर्नुहोस

काठमाडौं : चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको आज जन्मदिन परेको छ । २०३२ साल चैत २८ गते मकवानपुरको ठिङ्गनामा जन्मिएका केदारले आज आफ्नो ४७ औं जन्मदिन मनाउदैछन् ।

२०५८ सालदेखि कलाकारिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा ,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै आदि लगायतका हास्य सिरियलमा अभिनय गरिसकेका छन् ।

उनले दिनेश डिसी निर्देशित ‘६ एकान ६’ बाट फिल्म क्षेत्रमा लागेका थिए । आज उनको जन्मदिनको अवसरमा विहानैदेखि शुभकामनाको आइरो लागेको छ । उनको जन्मदिनमा सिताराम कट्टेल धुर्मुसले पनि शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिदै भनेका छन् – ‘जन्म दिनको धेरै धेरै शुभकामना प्रिय साथि एबम अभिभावक लाई !!

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

91 − eighty four =