टिकटक बनाउन कर्णालीबाट तीन जनाले हाम फाले, एक जना अझै वेपत्ता

काठमान्डौं : पछिल्लो समय टिकटक लोकप्रिय बन्दै गएको छ । टिकटकले नयाँ अनुहारलाई चर्चाको शिखरमा पुर्याइदिएको छ । भने धेरैलाई नाम र दाम पनि कमाउन सहयोग पुगेको छ । तर टिकटकमा भाइरल हुन हुने होडबाजीले केही अप्रिय घटनाहरु पनि घटेको पाइन्छ । यस्तै घटना कैलालीमा पनि घटेको छ ।

टिकट बनाउन कर्णाली चिसापानी पुलबाट हाम फलेका एक किशारे वेपत्ता भएका छन् । प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले बताएको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

यस्तै १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्‍ज उपचारका लागि लगिएको छ । उनको छातीमा चोट लागेको छ । उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय बिरेन्द्र सिंहको भने सकुसल उद्धार गरिएको छ ।

उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty nine + = thirty four