के पल र गरिमा प्रेममा छन् ? यस्तो खुलाशा हेर्नुहोस

काठमान्डौं : केही समयदेखि नेपाली सांगीतिक बजार तथा मिडियामा नायक पल शाह र मोडल गरिमा शर्माको प्रेम चर्चा चलिरहेको छ । तर पल र गरिमा दुबैले आफूहरु प्रेममा नरहेको बताउँदै आएका छन् ।

केहि दिन पहिला आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पल र गरिमाले मिडियाको अगाडि दुरी बनाउने कोशिश गरे । मिडियामा प्रेमको चर्चा चलेपछि यी दुइले दुरी बनाउने कोशिश गरेका थिए ।

कार्यक्रममा नृत्य गर्नु अगाडि पल र गरिमा एकसाथ हलमा प्रवेश गर्दै थिए । सो समयमा मिडियाले फोटो खिचेपछि पल शाहले उनका सहयोगीलाई तस्वीर खिच्न नदिन पनि भनेका थिए । स्टेज पछाडि दुरी बनाउने कोशिश गरेपनि स्टेजमा भने पल र गरिमाले आफ्नो नृत्यमार्फत धमाका मच्चाए ।

पल र गरिमाले ‘टाढा भएपनि’ बोलको गीतमा नृत्य गरेका थिए । यस्तै, उनीहरुले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा पनि नृत्य गरे । पल र गरिमाको नृत्यले उपस्थित चलचित्रकर्मीको मन जित्यो ।

पछिल्लो समय म्यूजिक भिडियोमा पल र गरिमाको जोडीले एकसाथ काम गरिरहेको छ । यसैक्रममा उनिहरू प्रेममा रहेको हल्ला चलिरहेको छ । उनिहरू साच्चिकै प्रेममा छन् की छैनन त्यो त समयले नै बताउला तर हावा नलागी पात हल्लिएको चाँहि पक्कै होइन होला ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

84 − = seventy nine