पाटी प्रवेशको लहर: तीन दर्जन यूवा माओवादी केन्द्रमा प्रवेश

काठमान्डौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ साँगाचोकको बिस्तारित बैठक तथा भेलामा ३ दर्जन भन्दा बढी युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार साँगाचोक भञ्ज्याङमा आयोजित कार्यक्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघका सुमन राना र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा निखिल तामाङको नेतृत्वमा युवाहरू पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने युवाहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटीका सल्लाहकार अमानसिं तामाङ, जिल्ला सचिवालय सदस्य गणेश बि। क।,जानुका पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा इन्चार्ज उजारसिं तामाङ, जिल्ला कमिटी सदस्य रामप्रसाद गौतम, रोशनराज गिरी, वाइसीएल नेपालका केन्द्रिय सदस्य सुरेश राना लगाएत नेताहरूले पार्टीमा स्वागत गरेका थिए। तीन दर्जन यूवा माओवादी केन्द्रमा प्रवेश

बिस्तारित बैठक तथा भेलाबाट विभिन्न पार्टीका जनसंगठन समेत गठन गरिएको १२ नम्बर वडा कमिटीका अध्यक्ष दीपेन्द्र नेपालले जानकारी दिए । नेता नेपालका अनुसार निखिल तामाङ इन्चार्ज, धुर्ब राना सह इन्चार्ज, नवीन राना संयोजक, सुरेश पराजुली सह(संयोजक सहित ७१ सदस्यीय वाइसीएल कमिटी, मनमाया नेपाल संयोजक, देवकी गिरी सह(संयोजक रहेको २१ सदस्यीय अनेम संघ ९क्रान्तिकारी० विभिन्न टोल कमिटीहरुसमेत गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने ध्यय सहित तीन बर्ष अगाडि नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भएर नेकपा बनेको थियो तर सर्वोच्च अदालतको पछिल्लो निर्णय सगै नेकपा एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टीका रुपमा आ(आफ्ना गतिविधिहरु बढाइरहेका छन् । नेकपा माओवादी सिन्धुपाल्चोकले पछिल्लो समय पार्टीका बैठक भेला,जनवर्गीय संघ संगठनका बैठक भेला तल्लो कमिटीसम्म गर्दै आइरहेको नेकपा ९माओवादी केन्द्र० का जिल्ला कमिटी सचिवालय सदस्य सदस्य तथा युवा इन्चार्ज उजारसिं तामाङले बताए।

नेता तामाङका अनुसार अब माओवादी केन्द्रले पार्टी गतिविधिलाई तीव्रता दिदै मजबुत पार्टी संगठन निर्माण गर्ने अभियानमा लागेको र जनताकै बीचमा पार्टी एकता, पछिल्लो बिभाजन र फेरि पनि कम्युनिष्ट पार्टीहरुकाबीचमा धुर्बिकरण र एकता जस्ता कुरालाई जनताको बिचमा गएर छलफल बहस गर्ने बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 16 = twenty six