कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड(१९ )को प्रवृत्ति ‘खतराको घण्टी !

काठमान्डौं : नेपालमा अहिले कोरो,नाभा,इरस स,ङ्क्र,मणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गत वर्षको भन्दा अहिले सङ्क्रमणले निम्त्याएका स्वास्थ्य समस्याहरू पनि फरक पाइएको उनीहरू बताउँछन् । सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ‘कठोर’ निर्णय लिनुअघि नै जनस्वास्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य अधिकारीहरूको सुझाव छ।

दक्षिणी छिमेकी देश भारतमा कोरोनाभाइरस स,ङ्क्रमण भ,यावह रूपमा फैलिरहँदा त्यताबाट नेपाल आउने धेरै मानिसमा सङ्क्रमण देखिने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

अहिलेको अवस्था कस्तो छ ?

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय दैनिक सरदर ३,००० देखि ४,००० वटा पीसीआर परीक्षण गर्ने गरिएको छ।

विद्यालयबाट नै कोभिड फैलिन सक्छुस् सरोकारवालाहरू के भन्छन्

के नेपालमा नयाँ प्रकारको कोरो,नाभा,इरस फैलिएको हो

“दुई साताअघि दैनिक १०० भन्दा कम स,ङ्क्र,मितहरू फेला पर्ने गरेकोमा अहिले ३०० जनाभन्दा माथि स,ङ्क्र,मित भेटिन थालेका छन्,” मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले  भने।

त्यसमध्ये १८ वर्षमुनिका बालबालिका सङ्क्रमित हुने प्रतिशत बढ्दो क्रममा पाइएको उनले बताए।

“गत वर्ष स,ङ्क्रमण उत्कर्षमा हुँदा पनि १८ वर्षमुनिका बालबालिकामा ५(६ प्रतिशतको हाराहारीमा स,ङ्क्रमण देखिएको अवस्था थियो भने अहिले १० प्रतिशतभन्दा माथि रहने गरेको छ जुन चिन्ताजनक हो,” सहप्रवक्ता डा। अधिकारीले थपे।

इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो समय काठमाण्डू उपत्यका र पोखरा लगायतका ठाउँमा कम उमेरका मानिसमा स,ङ्क्र,मण बढी देखिएको पाइएको छ।

“अस्पतालहरूसँग बुझ्दा आकस्मिक उपचार कक्ष अथवा आईसीयूमा भर्ना हुने ५० वर्षमुनिका मानिसको दर बढ्दो क्रममा छ जुन पहिलाको भन्दा फरक हो,”  उनले भने।

नेपालमा फैलिन थालेको को,रोनाभा,इरसको यूके भेरिअन्टबारे पाँच प्रश्न

रुघाले शरीरबाट को,रोनाभा,इरसलाई यसरी गलहत्याइदिन्छ

“यो नयाँ प्रकारको को,रोनाभा,इरसका कारणले हो भन्ने हामी आकलन गर्न सक्छौँ। पचास वर्षमुनिका सङ्क्रमित व्यक्तिलाई पनि अक्सिजन चाहिने, अस्पताल पुर्‍याउनुपर्ने अवस्था नयाँ भेरिअन्टले गर्दा आएको हो भन्ने हाम्रो बुझाइ छ।”

तर प्रयोगशालामबाट त्यसको पुष्टि हुन भने बाँकी नै छ।

पौडेलका अनुसार पछिल्लो समय सङ्क्रमित हुनेमा दुईतीन वर्षका बालबालिका पनि छन्।

स,ङ्क्र,मणको प्रवृत्तिले के सङ्केत गर्छ ?
देशको कुल जनसङ्ख्याको ठूलो भाग १८ वर्षमुनिका भएकाले त्यो उमेर समूहमा सङ्क्रमण पनि बढी देखिनु सुखद सङ्केत नभएको स्वास्थ्य अधिकारीहरूको निष्कर्ष छ।

“उमेरका हिसाबले सशक्त भए पनि नयाँ भेरिअन्टले कम उमेर भएका मानिसमा समेत जटिलता नित्म्याउने जो,खिम बढी देखिएकोले झन् धेरै सचेत हुन आवश्यक छ,” महानिर्देशक पौडेलले थपे।

अहिलेको अवस्थालाई नियन्त्रण गर्दै जान नसकिएको खण्डमा देशको विद्यमान स्वास्थ्य पूर्वाधारले थेग्न नसक्नेतर्फ मन्त्रालयका सहप्रवक्ता डा। अधिकारी सचेत गराउँछन्।

“अहिले हाम्रो लागि खतराको घण्टी अलि राम्रैसँग सुनिनेगरी, बुझिनेगरी आएको छ।”

संसारभरि सबै मानिसले कहिलेसम्म कोभिड खोप पाउलान्

के खोपले नयाँ प्रकारको कोरो ,नाभाइरस वि,रूद्ध काम गर्छ

“एकदमै जटिल अवस्था भइसकेपछि परीक्षण गराउन जानेको सङ्ख्या बढ्दै गएको हिसाबले हामी सामुदायिक स्तरमा सङ्क्रमण पालेर बसिराखेको अथवा कोभिडलाई हेलचेक्र्याइँको हिसाबले लिन थालेको हो कि भन्ने देखिन्छ,” उनले थपे।

त्यसलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न तथा भिडभाड नगर्न लगायतका जनस्वास्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नका लागि आफूहरूले पटकपटक आग्रह गर्दै आएको सहप्रवक्ता डा। अधिकारी बताउँछन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventeen + = twenty