सर्वदलीय बैठकमा ओलीले भने: सभामुखले अराजक र अनैतिक काम गर्दै छन्…!

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटालाई अराजक र अनैतिक काम गरेको आरोप लगाएका छन्।
शनिबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै ओलीले संसद्‍मा कामै गर्न नदिएको गुणासो गरेको बैठकपछि राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताए।

उनका अनुसार प्रधानमन्त्री ओलीले कोरोना महामारी बढ्दै गइरहेको सन्दर्भमा कसरी काम गर्ने भन्‍ने विषयमा अरु नेताहरुलाई समेत सुझाव मागेका थिए।

‘हाम्रो तर्फबाट कोरोना समस्या समाधानका लागि सरकारले के(के गर्ने पाँच(सात बुँदा टिपेर दिएका छौं,’ लोहनीले भने,‘जहाँसम्म सरकार र संसद्‍को कुरा छ। अब प्रधानमन्त्री १४ वर्ष जेल बसेको नेता सबैलाई बुझ्‍नुभएको छ। उहाँसँग काम गर्ने नेताहरु पनि त्यस्तै १०र१२ वर्ष संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ। त्यति बुझाउन सक्नुभएन भने लाजमर्दो कुरा हुन्छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 3