माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक ! समर्थन फिर्तालगायतका विषयमा छलफल हुने

काठमान्डौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।

बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी संगठनबारे कार्यदलको सुझाब र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले अघिल्लो साता मात्रै प्रतिपक्षमा रहेका दलहरूको नेतृत्वमा नयाँ सरकार बन्ने वातावरण बने पनि नबने पनि समर्थन फिर्ता लिने बताएको थियो । आइतबार मात्रै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो साताभित्रै राजनीतिमा फेरबदल आउने अभिव्यक्ति दिएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =