एक महीना विद्यालय बन्द गर्ने सरकारको निर्णय, सभा जुलुस पनि गर्न नपाइने 

काठमान्डौं : सरकारले नोवेल कोरोनाभाइरस (कोभिड–)९० बाट प्रभावित शहरहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले बैशाख महीनाभरी अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले ११ वटा प्रमुख शहरमा विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसअघि नै काठमाडौ, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, बारा, पर्सा, कैलाली, दाङ, सुर्खेत, बाग्लुङ र मोरङमा विद्यार्थीहरूलाई विद्यालय नजान आव्हान गरेको थियो ।

त्यस्तै, फिल्म हल, दोहोरी साझ, रात्रीकालिन व्यावसाय, जीमखाना खोल्न नपाइने र रंगशालामा दर्शक लैजान  नपाइने मन्त्री ज्ञवालीले बताए ।

उनका अनुसार सभा, जुलुस, समारोह जस्ता भीडभाड हुने गतिविधी समेत पाइने  छैन  ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty ÷ three =