साबधान ! बालबालिकामा तीव्र रुपमा कोरोना फैलिदै, सिकिस्त हुन थाले बालबालिका

काठमाडौं : को,रोना भा,इरस संक्र,मणको दोस्रो लहरको चपेटामा बालबालिका पर्न थालेका छन्। कुल संक्र,मितको १० प्रतिशत बालबालिका संक्र,मणमा परिरहेका छन्। यूके भेरियन्ट र डबल म्युटेन्ट भाइरस छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी सरेको देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार हालसम्म पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ बालबालिका संक्रमित भइसकेका छन्। पाँच वर्षमुनिका ५१ जना सक्रिय संक्र,मित छन्। पछिल्लो चौबीस घण्टामा १० देखि १९ वर्ष उमेर समूहका ९१ जना संक्र,मित भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नौ वर्षमुनिका २१ जनामा को,रोना पुष्टि भएको छ।

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा। कृष्णप्रसाद विष्टले बच्चाहरूमा संक्रमण अहिलेभन्दा बढी हुन सक्ने बताए। अध्यक्ष डा। विष्टका अनुसार ठूला व्यक्तिको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम गरिएको छ। ‘बालबालिका बिरामी भई अस्पताल भर्ना गर्नुपरे र परिवारका अन्य सदस्य बि,रामी भई स्क्रिनिङ गर्नुपरे मात्र बच्चाहरूमा को,रोना परीक्षण गरिन्छ’, डा। विष्टले भने, ‘तसर्थ बच्चाहरूमा संक्रमण अहिले देखिएभन्दा बढी हुनुपर्दछ।’

कतिपय बच्चामा लक्षण नदेखिए पनि संक्र,मण भएको भए अन्य व्यक्तिमा सार्न सक्ने सम्भावना रहेको विज्ञ बताउँछन्। डा। विष्टले अत्यावश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई बाहिर वा भीडभाडमा नलैजान आग्रह गरे। पहिलो लहरको तुलनामा कोरोना भाइ,रसको दोस्रो लहरमा कम उमेरका बालबालिका बढी प्रभावित भएको मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = 1