प्रधानमन्त्री ओलीले भोलि एमाले कार्यालयको शिलान्यास गर्ने

काठमान्डौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बल्खुमा केन्द्रीय कार्यालयको शिलान्यास गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रीय कार्यालयको शिलान्यास गर्ने कार्यक्रम तय भएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । कार्यालय भवन करिब आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो।

पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय बालुवाटारमा सोमबार बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले गरेको थियो। यसअघि नै एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा विष्णु पौडेल र विष्णु रिमाल सदस्य रहेको पार्टी कार्यालय निर्माण तथा व्यवस्थापन कार्यदल गठन गरेको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty six ÷ = forty three