प्रचण्डको अपिल: ‘वामपन्थी शक्तिहरू एक होऔँ’

काठमाण्डौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले एकताबद्ध हुन आग्रह गर्नुभएको हो । शुभकामना व्यक्त गर्दै प्रचण्डले मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूमा सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन २००६ सालदेखि वर्ग सङ्घर्ष र वैचारिक सङ्घर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताउँदै उहाँले

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो देशलाई नै समाजवादको लक्ष्यमा लामबद्ध गराउन सक्षम साबित भएको पनि बताउनुभएको छ ।

तत्कालीन सोभियत सङ्घलाई एकताबद्ध गर्न लेनिनले खेल्नुभएको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने उहाँको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy seven − = sixty eight