३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा फिर्ता

काठमान्डौं : नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहिबार नेपाल आइपुगेको हो।

यो पनि पढ्नुहोस

नेकपा एमाले ओली समूहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पुनः गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ । एमाले स्थायी समिति सदस्यसमेत रहेका गुरुङ यसअघि साविक नेकपाको पनि प्रदेश इन्चार्ज थिए ।

प्रदेश सह–इन्चार्जको जिम्मेवारी तीन जनाले पाएका छन् । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, संघीय सरकारको कृषिमन्त्री पद्मा अर्याल र लिलबहादुर थापा मगरलाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रदेशको आर्थिक मामिला मन्त्री गुरुङलाई बैदेशिक रोजगार सम्बद्ध संगठनहरुको इन्चार्जसमेत तोकिएको छ । मन्त्री अर्यालले भने सहइन्चार्जका साथै कृषि तथा भूमिसुधार विभाग प्रमुखको जिम्मेवारी पनि पाएकी छन् ।

यस्तै, एमालेले जगत विश्वकर्मालाई गण्डकी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी तोकेको छ । विश्वकर्मालाई पर्वत जिल्ला इन्चार्ज समेत बनाइएको छ ।

प्रदेश सचिवको जिम्मेवारी दिइएको गोबिन्दबहादुर नेपालीलाई मुस्ताङ इन्चार्ज पनि तोकिएको छ ।

यसैगरी, कास्की इन्चार्जमा मानबहादुर जिसी, तनहुँ इन्चार्जमा एकबहादुर रानामगर, म्याग्दी इन्चार्ज भुपेन्द्र थापा, बाग्लुङ इन्चार्ज मनाकुमारी केसी, लमजुङ इन्चार्ज मायानाथ अधिकारी, स्याङ्जा जिल्ला इन्चार्जमा सिताकुमारी सुन्दास, गोरखा र मनाङ जिल्लाको इन्चार्जमा गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका रामशरण बस्नेत र नवलपरासीपूर्वी जिल्लाको इन्चार्ज तिलबहादुर महत क्षेत्री ९तिलक० लाई तोकिएको छ ।

कास्की इन्चार्जको जिम्मेवारी पाएका जिसी पोखरा महानगरपालिकाका मेयर समेत हुन् भने स्याङ्जा इन्चार्ज सुन्दास जिल्ला समन्वय समिति महासंघकी केन्द्रीय अध्यक्ष हुन् ।

कास्कीका नेता भीमबहादुर कार्कीलाई पोखरा महानगरपालिका इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कास्कीकै एमालेका नेता पूर्वमन्त्री खगराज अधिकारीले भने स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठनहरुको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गण्डकी प्रदेशमा पनि माधव नेपाल पक्षका नेता कार्यकर्ताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यबाहेक अन्य जिम्मेवारी पाएका छैनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× four = thirty two