परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृ’त्यु

काठमाडौं : सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन ल’त्याउदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रा बासमा बस्ने बालिकाको शनिवार अचा’नक मृ,त्यु भएको छ । तिलोत्तमा नगर पालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारकालागि अस्पताल लैजादै गर्दा मृ,त्यु भएको विद्यालयले जनाएको छ।

विद्यालयका सह प्राचार्य लिलाधर किराँतले बालिका बिरामी भए पछि शनिवार बिहानै अभि भावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृ,त्यु भएको खबर पाएको बताए । बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाइ सि’किस्त अवस्थामा विद्या लयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृ,त्यु भएको बताए। ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै ग’म्भिर थियो।

उनको शरीर निकै तातेको थियो ।तत्कालै नजिकैको अस्पताल पुर्‍याउँदा डाक्टरले उनको मृ,त्यु भइसकेको बताए’ भण्डारीले भने। अस्पताल ल्याउनु अघिनै बालिकाको मृ,त्यु भइसहेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन। ती बालिकालाइ उच्च ज्व’रो आएको बताइएको छ । तर मृ’त्युको कारण भने पत्ता लगिसकेको छैन। कोरोना परिक्षणकालागि स्वाब नि’कालिएको अस्पतालले जनाएको छ।

ती बालिका स्कुलको छात्राबासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासंगै छात्राबासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाइ दुइ दिन देखि ज्व’रो आएको थियो।तर स्कुलले उपचारकालागि अस्पताल लगेन। गएरातीदेखि ती बालिकाले आफुलाइ निकै अशहज महसुस भएको साथीहरुलाइ बताएकी थिइन्।

बिहान पख अन्य बालबालिकाहरुले होस्टेलका कर्मचारी र शिक्षकसंग उपचारका लागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाइ जिम्मा लगाएको थियो । बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा बिद्यालयले बि’रामी बालिकाको उपचार नगरी राखेको र परिवारलाइ समेत समयमै खबर नगरेको बताए । गुल्मी मजुवा घर भएकी बालिकाको बुवा आमा बिदेशमा रहेको बताइन्छ ।

उनी नयाँमिलमा आफ्नो ठुलोबुवा आमाको सम्पर्कमा रहेर प्यारामाउण्टमा अध्ययन गरीरहेको पनि भण्डारीले बताए । शनिबारसम्म सो स्कुलको होस्टलमा करिब ५० जना बालबालिकाले बसेर परीक्षा दिइरहेको बताइएको छ । स्कुलले यही १५ गते सकिने गरी परिक्षा संचालन गरेको अभिभावकहरुले बताएका छन् । होस्टेलमा बसेर परिक्षा दिइरहेका मध्ये अन्य केही बालबालिकालाइ समेत रुघाखोकी र ज्व’रो आएको बताइएको छ।

शनिबार ती बालिकाको ज्यान गएपछि कोरोना परिक्षणका लागि अन्य बालबालिकाको समेत स्वा’ब संकलन गरिएको छ। बालिकाको ज्या’न ग’एपछि अभिभावकहरुले शनिबार केहिबेर स्कुल घे’राउ गरि ना’राबाजी गरेका थिए । अभिभावकहरुले निजी बोर्डिङलाइ बढ्दो जो’खीमका बाबजुद परिक्षा संचालन दिएको भन्दै नगरपालिका प्रति समेत आ’क्रोस पोखेका छन्। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जो’खीम बढदै गएकाले आइतबार नै बैठक बसी स्कुल कलेज ब’न्द गर्ने सम्बन्धमा उचित निर्णय गरिने बताए।

‘यसअघि नगरका स्कुलहरुले निकालेको परीक्षा तालिका अनुरुप ती परीक्षा सकेर स्कुल ब’न्द गर्ने भनेका थियौं तर अव जो’खीम बढीरहेकाले तत्कालै उचित निर्णय लिनु पर्छ भन्नेमा पुगेका छौं’ प्रवक्ता श्रीले भने । उनले सरकारले बुटवल भैरहवालाइ तोकेरै स्कुल ब’न्द गर्न निर्देशन दिएपनि अन्य नगरपालिकालाइ भने माथिबाट निर्देशन नदिँदा स’मस्या भएको पनि उल्लेख गरे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three + 7 =