बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद् बैठक, कोभिड संकटबारे केही निर्णय लिनसक्ने

काठमान्डौं : बढ्दै गएको को,रोना संक्र,मण नियन्त्रणका उपाय लगायत विषयमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साझ मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।

नियमित बैठक भएपनि सोमवारको मन्त्रिपरिषद् बैठकले कोभिड नियन्त्रण सम्बन्धमा केही महत्वपूर्ण निर्णय लिनसक्ने एक मन्त्रीले जानकारी दिए । राजधानी काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओले वैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाउन गरेको सिफारिश बारे मन्त्रिपरिषद्मा छलफल हुने स्रोतले बतायो ।

निषेधाज्ञा लगाउने आफूहरुको अधिकार भएपनि उपत्यकामा आवत जावत बन्द गर्नेगरी निर्णयमा पुग्न नसकिएको उपत्यकाका एक सीडीओले बताए ।

यसअघि कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र ९सीसीएमसी०ले ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सिफारिश गरेको थियो । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

50 − forty two =