अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि गं’भीर घा’इते जानुकाको मृ’त्यु

काठमान्डौं : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दु’र्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृ’त्यु भएको छ । अस्पतालले उपचार सम्भव नहुँने भनेर घर फर्काइएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृ’त्यु भएको हो ।

‘अस्पतालले उपचार सम्भव छैन भनेर फ’र्काइदिएपछि राती करिब ८ बजे घर ल्या’इएको रहेछ ।’ धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले भने,‘घर ल्याइपुर्याएको करिब आधा घण्टापछि मृ’त्यु भयो ।’ जानुका र उनका भाई गजेन्द्र धरानबाट धनकुटा आउँदै गर्दा शुक्रबार राती करिब १० बजे सिमसुवामा प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल दु’र्घटना भएको थियो ।

दुर्घटनामा परी जानुका गं’भीर घा’इते भएकी थिइन् भने मोटरसाइकल चालक भाई २५ बर्षीय गजेन्द्र सामान्य घा’इते भएका थिए । उनीहरुलाई उपचारका लागि राती नै विराटनगरस्थित वि’राट न’र्सिङ्ग होम पुर्याइएको थियो । गं’भीर घा’इते जानुकालाई आइसीयूमा राखेर उपचार भइरहेको थियो भने भाइ गजेन्द्रलाई भने शनिवार वेलुका अस्पतालले डि’स्चार्ज दियो ।

’टाउकोसहित शरिरका बिभिन्न भा’गमा चो’ट लागेर अचेत अवस्थामा रहेकी जानुकाको स्वास्थ्यमा सुधार हुँने अवस्था नरहेको भन्दै डाक्टरले घर लै’जान भनेपछि उनलाई घर फ’र्काइएको थियो । घर पुर्याएको केही समयपछि नै उनको मृ’त्यु भएको हो ।जानुका इटहरी बस्दै आएकी थिइन् ।

गजेन्द्र शुक्रबार कामको सिलसिलामा धरान झ’रेका थिए । जानुका धरान गएर भाइसँगै मोटरसाइकलमा धनकुटा जादै गर्दा दु’र्घटना भएको हो ।सडकमा थुपारिएको बालुवामा चि’प्लिएर मो’टरसाइकल दु’र्घटना भएको बताइएको छ । वालुवामा चि’प्लिएर मोटरसाइकल प’ल्टिँदा जानुका रोडमा प’छारिएकी थिइन् भने गजेन्द्र वालुवाको थु’प्रोमा परेका थिए ।

वालुवामा परेका कारण गजेन्द्रको शरिरका बिभिन्न भागमा सामान्य चो’टपटक लागेको छ भने सडकमा प’छारिएकी जानुकाको अनुहार, टा’उकोलगायत शरिरका बिभिन्न भा’गमा चोट ला’गेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = one