निषेधाज्ञा जारी भएपछि उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो !

काठमान्डौं : सरकारले सोमवार काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरे संगै उपत्यकाबाट बाहिरिनेहरु बढ्न थालेका छन् । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख १६ गते सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेपछि उपत्यका छोड्नेको सँख्या बढेको हो ।

सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिएको थियो । मंगलबार बिहानै आफ्नो घर जानका लागि कलंकी, कोटेश्वर, बल्खु, नयाँ बसपार्कलगायतका स्थानमा सर्वसाधारणहरूको भिडभाड रहेको थियो ।

कोभिड संक्र,मणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषे,धाज्ञा अथवा लकडाउन गर्नेगरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 3