निषेधाज्ञा तोडेको भन्दै मजदुरमाथि सुर्खेतमा प्रहरीको लाठी !

सुर्खेत : निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले मजदुरहरूलाई कुटपिट गरेको छ । निषेधाज्ञाको पहिलो दिन वीरेन्द्रनगरको मंगलगढी चोक नजिकै तीनजना मजदुरमाथि प्रहरीले लाठी बर्साएको हो । वीरेन्द्रनगर ४ रेडियो नेपालनजिक बस्दै आइरहेका शिव नेपालीसहित तीनजनालाई बिहानै प्रहरीले लाठी वर्षाएको हो ।

‘पलाटे चोक र यरिचोकको प्रहरीले मजदुरलाई जान छुट छ भनेको थियो । त्यही अनुसार बुलबुलेनजिकै ज्याला मजदुरी गर्न जान लाग्दा भ्यानबाट प्रहरी ओर्लेर प्रहरीकै अनुमतिमा आएको भन्दाभन्दै लाठी बर्सायो’शिवले भने, ‘श्रीमती मानशोभा नेपाली, अजय गिरी र मलाई बेस्सरी पिट्यो ।’

‘काम गर्न दिन्छन् कि भन्ने लागेर हामी घरबाट निस्केका थियौं । चोकमा खटिएका प्रहरीलाई सोध्दा काम गर्न जानुहोस् भनेर उहाँहरूले भन्नु भएको हो ’, उनले भने ।

दुई छाक टार्न काम गर्नैपर्ने बाध्यता भएको भन्दै आफूहरूलाई रोगभन्दा भोक ठूलो भएकोले काम गर्ने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ ।

यसबारे बुझ्न खोज्दा सुर्खेत प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्टको फोन उठेन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty ÷ five =