अविश्वासको प्रस्थापमाथि मतदान अगावै सांसदको मोबाइल अफ ! सरकार टिक्ने सम्भावना बड्यो

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अगावै विपक्षी सांसद हराउने क्रम शुरु भएको छ ।

जनमोर्चाका तीन जना सांसदमध्ये खिमविक्रम शाहीको मोबाइल अफ छ भने उनी अन्य सांसदसँग सम्पर्कविहीन भएका छन् । उता स्वतन्त्र सांसद दिपक मनाङ्गेको मोबाइल पनि अफ रहेको बताइन्छ ।

खिमविक्रम शाहीलाई अकस्मात “सख्त बिमार” भएकाले कसैले भेट्न नसक्नेगरी गण्डकी हस्पिटलको आईसियुमा भर्ना गरिएको बताइएको छ ।

नेपाली काँग्रेस र माओवादीले सत्ताको चलखेलबाट जोगाउन विपक्षी सांसदहरुलाई केहि दिनदेखि लेकसाईडको कुटी रिसोर्टमा राखेका थिए । आज एकाएक सम्पर्कविच्छेद भएपछि शाहीलाई सर्वत्र खोज्दा पनि नभेटिएको काँग्रेस स्रोतले बताएको छ ।

आज बिहानसम्म सकुशल रहेका शाही एकाएक गम्भीर बिरामी परेको भन्दै भेटघाटमा रोक लगाइएको छ । प्रदेशसभाको बैठकमा अनुपस्थित भएर प्रस्ताव असफल बनाउन उक्त खेल रचिएको जनमोर्चाका अन्य सांसदले बताएका छन् ।

गण्डकीमा विपक्षीतर्फका एक जना सांसद मात्र अनुपस्थित भएमा प्रदेश सरकार जोगिन्छ । तर,अहिले दुई जना सम्पर्कविहीन भएपछि उक्त सम्भावना बढेर गएको हो । प्रदेशसभामा केही बेरमै अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + = three