काठमाडौं उपत्यकामा भोलि  निषेधाज्ञा, आज मात्रै ४५ हजार बढीले उपत्यका छाडे !

काठमाडौं : आज पनि हजारौंले काठमाडौं उपत्यका छाडेका छन् । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको थियो ।

बिहीबार राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा जारी हुने भएकोले आज बिहानैदेखि गोँगवुस्थित नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरुको घुइँचो लागेको थियो । बुधबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ४५ हजार बढीले उपत्यका छाडेका छन् ।

यसअघि सोमबार ५० हजार र मंगलबार ५२ हजार बढीले काठमाडौं उपत्यका छाडेका थिए । केही समय अघिसम्म यात्रु नपाउदा खाली गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर काठमाडौं उपत्यका छाडेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ nine =