नेपालमा आज हालसम्मकै धेरै सङ्क्रमण पुष्टि, १९ संक्रमितको मृ’त्यु

काठमाडौं, वैशाख १७ : पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा को’रोना भाइ’र’स संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार १४ हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा आरटी–पीसीआरबाट ५ हजार ७०६ र एन्टिजेनबाट ५७ जनामा को’रो’ना पुष्टि भएको हो ।

यससँगै हालसम्मका कूल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये २ लाख ८२ हजार ३८३ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८७ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

शनिवार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । मन्त्रालयका अनुसार देशभर ४३ हजार २१३ सक्रिय संक्रमित रहेका छन् । कोरोनाले थप १९ जनाको मृ’त्यु भएको छ । यससँगै मृ’त्यु हुनेको कूल संख्या ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाको मृ’त्युद’र १ प्रतिशत रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = one