निषेधाज्ञालाई थप कडाइ गरिने, उपत्यकाका तीन सीडोओको बैठक बस्दै

काठमाडौँ : उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज साँझ बस्दै छ । निषेधाज्ञालाई अझ कडाइ गर्नका लागि प्रजिअहरूको बैठक बस्न लागेको हो । निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने बताइएको छ । आज साँझ ६ बजे बैठक बस्ने जनाइएको छ ।

उपत्यकामा निषेधाज्ञा लगाइए पनि सडकमा सवारीसाधनको भीड देखिएको छ । यस्तै, सर्वसाधारण पनि अन्य लडकाउनका दिनका तुलनामा उल्लेख्य रुपमा घरबाहिर देखिएका छन् ।

प्रशासनले निषेधाज्ञा जारी गर्दै अत्यावश्यकबाहेक सबै सेवा र व्यापार व्यवसाय, सभा, सम्मेलन, तालिम, गोष्ठी र सेमिनार, सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा बन्द गर्ने निर्णय गरेको थियो ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, पौडी पोखरी, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय र चिडियाखाना चलाउन पनि निषेध गरिएको छ । साथै, अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा पनि बन्द गर्ने प्रशासनले निर्णय गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirteen − ten =