भाइरल बन्यो बच्चालाई जुस खुवाएको प्रियंकाको यो तस्बिर !

काठमान्डौं : अभिनेत्री प्रियंका कार्की गर्भवती छिन्। केही समय अगाडि मात्र उनले आफू गर्भवती भएको सामाजिक सन्जालमा बताएकी थिइन्। उनले गर्भवती हुँदा कस्तो खाना खानु हुन्छ र हुँदैन भनेर आफ्नो आधिकारिक युट्युब च्यानलमा बताउने गरेकी छिन्।

अर्की गर्भवती रहेकी अभिनेत्री ऋचा शर्मासँग पनि उनले हालै गर्भवती हुँदाको अनुभवबारे युट्युबमा कार्यक्रम गरेकी थिइन्। यसबीचमा सामाजिक संजालमा निकै सक्रिय प्रियंकाले हालै इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गरेकी छिन्। जुन निकै भाइरल भएको छ।

तस्बिरमा उनले जुस पिइरहेको देखिएको छ। साथै उनले आफ्नो बेबी बम्पमा चित्र कोरेर जुस खुवाइरहेको देखाएकी छिन्। यसबाट के प्रस्ट हुन्छ भने उनी आफ्नो सन्तानलाई जन्म दिन आतुर छिन् र आफूसँगै सन्तानलाई पनि खाना खुवाउन तयार छिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =