अबस्था भयावह बन्दै ! बाँकेमा पछिल्लो १९ दिनमा ९७ संक्रमितको मृ,त्यु

काठमाडौं : बाँकेमा वैशाख यता को,रोना भाइ,रस (कोभिड १९) संक्र,मणबाट ९७ जनाको मृ,त्यु भएको छ । जिल्ला को,भिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृ,त्यु भएको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यो अवधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना पुरुष गरी कुल ५ हजार ३९३ जनामा संक्र,मण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि १९ गतेसम्मको हो ।

तथ्यांक अनुसार बाँकेमा औसतमा प्रतिदिन ५ जनाको मृ,त्यु हुने गरेको देखाएको छ । वैशाख १ गते यता सबैभन्दा बढी वैशाख १६ र १९ गते १२र१२ जना संक्र,मितको मृ,त्यु भएको छ भने १२ र १४ गते १०र१० जना संक्र,मितको मृ,त्यु भएको तथ्यांकले देखाएको छ ।

वैशाख १८ गते ९ जना, वैशाख १७ गते ८ जना, वैशाख ११ गते ६ जना, वैशाख १३ गते ५ जना, वैशाख १३ गते ५ जना संक्र,मतिको मृ,त्यु भएको छ । वैशाख ५ र १५ गते ४र४ जना संक्र,मितको मृ,त्यु भएको छ भने वैशाख ७ देखि ९ गतेसम्म ३र३ जनाको मृ,त्यु भएको तथ्यांकले देखाएको छ । यसै गरी वैशाख ६ र १० गते २र२ जना र वैशाख १ देखि ४ गतेसम्म १र१ जना संक्र,मितको मृ,त्यु भएको छ ।

बाँकेका मात्रै ६९ संक्र,मितको मृ,त्यु

वैशाख १ गते यता कोरोना संक्र,मणबाट बाँके जिल्लाका मात्रै ६९ जनाको मृ,त्यु भएको छ । जसमध्ये ३३ महिला र ३६ जना पुरुष छन् ।

वैशाख १६ र १९ गते बाँकेका मात्रै ९र९ जना संक्र,मितको मृ,त्यु भएको छ भने वैशाख १२ गते ८ जना, वैशाख १४ गते ७ जना वैशाख ११ गते ६ जना संक्र,मितको मृ,त्यु भएको तथ्यांकमा उल्लेख छ । वैशाख १७ र १८ गते ५र५ जना, वैशाख १३ र १५ गते ४र४ जनाको मृ,त्यु भएको छ । वैशाख ६ र ७ गते ३र३ जनाको मृ,त्यु भएको छ भने वैशाख ८ गते २ जनाको मृ,त्यु भएको छ । वैशाख २, ५, ९ र १० गते १र१ जना संक्र,मित भएको तथ्यांकमा उल्लेख छ ।

१९ दिनमा १,६२४ जना डिस्चार्ज

वैशाख १ गते यता १ हजार ६२४ जना संक्र,मित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेका को,रोना फोकल पर्सन तेज ओलीका अनुसार ७२३ जना महिला र ९०१ जना पुरुष निको भएर डिस्चार्ज भएका हुन् । तथ्यांक अनुसार निको हुने दर ३०।११ प्रतिशत हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× one = 1